यसकारण खानुहोस् जाडोमा यी मसला



१६ मंसिर २०७६, काठमाडौं

मौसममा परिवर्तन आउँदा र शरिर चिसो हुँदा विभिन्न समस्याहरु उत्पन्न हुन्छन्। चिलो बेलामा शरिरलाई तातो हुने खानपान गर्नुपर्दछ।

शरिरलाई भित्रैबाट तातो राख्नका लागि गरम मसला नै सबभन्दा उपयुक्त हुन्छ। भोजनमा केही मसलाको प्रयोग गर्दा शरिर पनि तातो हुन्छ र रोगबाट पनि बच्न सकिन्छ।

त्यसैले जानकार हुनुहोस् यी मसलाको बारेमाः

सुकेको अदुवा

खानासँग सुकेको अदुवा प्रयोग गर्दा मुटुरोग, गाँठो पर्ने, पाचन समस्या, कब्जियत, झाडापखाला र खोकी जस्ता समस्याबाट मुक्ति पाइन्छ। यसबाहेक नून, दही र मही मिसाएर खाँदा पनि स्वास्थ्यलाई फाइदा हुन्छ।

मरिच

खानाको स्वाद बढाउनुका साथै मरिचले अनेकौं रोग पनि भगाउँछ। जाडोमा मरिच खाँदा रुघाखोकी, पेटको संक्रमण र ज्वरोबाट बचिन्छ।

महमा मिसाएर खाँदा स्मरणशक्ति तिखो हुन्छ।

जाइफल

औषधीय गुणहरूले भरपूर जाइफलले खाना पचाउँछ, भोक नालग्ने समस्या हटाउँछ, पेटको रोग भगाउँछ र पाचक रस बढाउँछ। यसलाई घोटेर तातो पानीसँग पिउँदा झाडापखला, रुघा र खोकी निको हुन्छ।

तेजपात

तेजपातको सेवनले खोकी, कफ, ज्वरो, रुघा, पिसाब रोग, आन्द्रा सुन्नेको, टाउको दुखेको र रक्ताल्पता जस्ता रोग निको हुन्छ। तेजपात र सुकेको अदुवा काँढा बनाएर खाँदा रुघा र खोकी ठीक हुन्छ।

प्रतिक्रिया दिनुहोस्