धरान उपमहानगरको मेयरमा काँग्रेसका तिलक राई विजयी



१६ मङ्सिर २०७६, काठमाडौं

धरान उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् ।

सोमबार सकिएको मतगणनाको नतिजाअनुसार नेकपाका उम्मेदवार प्रकाश राईलाई २७९५ सय मतले पछि पार्दै तिलक विजयी बनेका हुन् ।

काँग्रेसका तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्र पाएका छन् । आधिकारीक घोषणा हुन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्