
१६ मङ्सिर २०७६, काठमाडौं
धरान उपमहानगरपालीका वडा नम्बर ७ मा नेकपाले जित हासिल गरेको छ । नेकपाका उम्मेदवार जीवनराज सुवेदी १ मत अन्तरले विजयी बनेका हुन् ।
सुवेदीका प्रतिस्प्रर्धी नेपाली काँग्रेसका सुर्वणमोहन पालिखेले ६२१ मत ल्याउदा सुवेदीले ६२२ मत ल्याएर विजयी बनेका हुन् ।
गत शनिबार भएको उपनिर्वाचन अन्र्तगत धरान उपमहानगरपालिकाको मत गणना सोमबार बिहान सकिएको हो ।
यो सँगै उपनिर्वाचन भएका ४३ वडामध्य नेकपाले २४ वटा वडामा जित हासिल गरेको छ ।