अपडेट: नेकपाले धरान उपमहानगर गुमाउने खतरा लगभग् पक्का, यस्तो छ पछिल्लो मत परिणाम



१६ मङ्सिर २०७६, काठमाडौं

धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई जीत नजिक पुगेका छन् । पछिल्लो मतपरिणाम अनुसार राईले आफ्ना निकटतम प्रतिद्वन्द्वीमाथि २६ सयभन्दा बढी मतको अन्तर बनाउन सफल भएका छन् ।

सोमबार बिहानको ताजा मतपरिणामअनुसार ५३ हजार ५१५ मत गनिसक्दा नेपाली काँग्रेसका तिलक राईले २५ हजार ९९५ मत प्राप्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार प्रकाश राईले २३ हजार ३९३ मत ल्याएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्‍बर बहादुर लिम्‍बुले १ हजार १२६ मत ल्याउँदा समाजवादी पार्टीका गजेन्द्र बहादुर लिम्बुले ७ सय ३५ मत ल्याएका छन् ।

यसअघि, धरानमा नेकपाका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए । नको निधनपछि धरानमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्