आफ्नै अनुयायी बलात्कारको आरोपमा आईसीयूबाटै पक्राउ परे सिद्धबाबा कृष्णदाश महाराज



१६ मङ्सिर २०७६, काठमाडौं

सुनसरी जिल्ला प्रहरी कार्यालयले ‘सिद्धबाबा कृष्णदाश महाराज’ भनेर चिनिने कृष्ण बहादुर गिरीलाईलाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार बिहान ५ बजे गिरीलाई विराटनगरस्थित विराट नर्सिङ होमबाट पक्राउ गरेको हो । उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको छ ।

बलात्कारको आरोप लागे लगत्तै स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अस्पताल भर्ना भएका गिरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी प्रवक्ता बिनोद शर्माले जानकारी दिए ।

उनलाई इनरुवा अस्पताल सुनसरीमा कडा सुरक्षाको साथ राखिए छ ।प्रवक्ता शर्माले उनको स्वास्थ्य अवस्था सामान्य भएपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्