नेकपाले धरान उपमहानगर गुमाउने खतरा, यस्तो छ पछिल्लो मत परिणाम



१६ मङ्सिर २०७६, काठमाडौं

धरान उपमहानगरपालिकाको मतगणना जारी रहेको छ ।

सोमबार बिहानको ताजा मतपरिणामअनुसार नेपाली काँग्रेसका तिलक राईले अग्रता कायम गरेका छन् ।

उनले २१ हजार ३११ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले २० हजार ८ मत ल्याएका छन् ।

नेकपा उम्मेदवारले सुरुआती अग्रता लिएपनि झिनो मतान्तरका साथ काँग्रेस उम्मेदवारले निरन्तर अग्रता बनाउँदै लगेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्‍बर बहादुर लिम्‍बुले १ हजार ८ मत ल्याउँदा समाजवादी पार्टीका गजेन्द्र बहादुर लिम्बुले ६ सय ५२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्