भारी मतान्तरसहित दाङ क्षेत्र नं ३ ख मा नेकपाकी बिमला वली विजयी



१६ मङ्सिर २०७६, काठमाडौं

दाङ प्रदेशसभा क्षेत्र नम्बर ३(ख) मा नेकपाले विजय हासिल गरेको छ । गएराति सम्पन्न मतगणनाअनुसार नेकपा उम्मेदवार बिमला वलीले २४ हजार २८६ मतसहित जित हासिल गरेकी हुन् ।

उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका केशव राज शर्माले १९ हजार १८२ मत प्राप्त गरे । वलीले शर्मालाई ५ हजार १०५ मतको अन्तरमा विजय हासिल गरेकी हुन् ।

यसैगरी साझा पार्टीका शिवकुमार चौधरीले २६६ मत ल्याउँदा राप्रपाका भुपाल रावतले २२५ मत ल्याए ।

विमला प्रदेशसभाका दिवंगत सांसद उत्तर कुमार खत्रीकी जीवन संगिनी हुन् । अघिल्लो निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित उत्तरकुमारको सडक दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा नेकपाले उनकै पत्नी विमलालाई उम्मेदवार बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्