
१५ मंसिर २०७६, सिन्धुली/बलबीर भुजेल
कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले वडा नं. ८ करकरे पुगेर जनता सामु म तपाईहरुको गाली सुन्नको लागी आएको बताएका छन् ।
नगर प्रमुख खत्रीले आफ्नो जनता भेटघाट तथा योजना अनुगमनको क्रममा नगरपालिकाको ८ करकरेमा भएको अन्तरक्रिया कार्यक्रम बोल्दै आफुले चुनावको समयमा गरेको भाषण पुरा गर्न नसकेको भए जनताको गाली खानु पर्ला भन्दै आफु निर्वचित भएको दुई बर्षपछि जनताको घर दैलोमा गुनासो सुन्नको लागी र गाली खानको लागी आएको बताएका हुन् ।
जनताको घर आँगनमा गएर जनताको सुख दुःख बुझ्न आफु वडावडामा र वडाका जनप्रतिनिधी, कर्मचारीले जनतालाई प्रवाह गरेको सेवा कस्तो भएको छ भनेर जनताको प्रतिक्रिया लिनको लागि–उनले भने जनताको कस्टडीमा बस्नको लागी गाउँमा आएको छु ।

जनताले आफू प्रती चुनावको समयमा गरेको विश्वास टुट्न नदिने र गर्न बाँकी धेरै कुरा बाँकी रहेको भएपनि सोचे अनुरुप र बोलेका कुरा यस आर्थिक बर्ष भित्र पुरा गर्ने, ८ नम्बर वडामा सय बर्ष नै सबै बस्तीमा बिद्युत बिस्तार गरेर अध्याँरो मुक्त वडा बनाउने, चाँडै शहरी स्वास्थ्य क्लिलिनिकको स्थापना गर्ने प्रतिबद्धता जनाएका छन भने भुइँकटर पकेट क्षेत्र र डाका उद्योगको रुपमा बिस्तार गर्ने र बजारीकरणमा नगरपालिकाले जिम्मा लिने समेत बताएका छन् ।
त्यसैगरी नगर प्रवक्ता कर्ण घिसिंङले कार्यक्रमको बारेमा र नगरपालिकाले अवलम्ब गरेको निती नियम र ब्यबस्थाको साथै आगामी कार्ययोजनाको बिषयमा जानकारी गराएका थिए ।
कार्यक्रम कमलामाई नगरपालिका वडा न. ८ का वडा अध्यक्ष टिका बहादुर मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो ।





