दाङ क्षेत्र नं ३ ख अपडेट : नेकपा उम्मेदवार बिमला वलीको शानदार अग्रता कायमै



१५ मङ्सिर २०७६, काठमाडौं

उपनिर्वाचन २०७६ अन्तर्गत दाङ क्षेत्र नं ३ ख मा नेकपाकी उम्मेवार बिमला वलीले अग्रता कायमै राखेकी छन् ।

छिल्लो मतपरिणाम अनुसार नेकपा उम्मेदावार बिमला वलीले ७५०२ मत पाएकी छन्। नेपाली कांग्रेसका केशव राज शर्माले ५३५७ मत प्राप्त गरेका छन्।

मतगणना आज बिहान ९ः०० बजेबाट शुरु गरिएको हो। शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए। मत गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्