खोटाङमा राप्रपा उम्मेदवारले प्राप्त गरे जम्मा १ भोट!



१५ मंसिर २०७६, काठमाडौं

खोटाङको सोकला गाउँपालिका–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार इन्द्रबहादुर खड्काले जम्मा १ भोट प्राप्त गरेका छन्।

त्यहाँ सत्तारूढ नेपाल कम्यनिष्ट पार्टी (नेकपा)की उम्मेदवार शिवकला राईले ३ सय ९१ मत प्राप्त गरी विजयी भएकी छिन्। प्रतिपक्ष नेपाली कांग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङले तीन सय ७४ मत प्राप्त गरेका थिए।

त्यस्तै समाजवादी पार्टी नेपालका उम्मेदवार रमेश राईले १५ मत ल्याएका छन्। त्यहाँ ७ सय ९६ मत खसेकोमा १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्