धरान उप–महानगरपालिकामा कांग्रेस अगाडि



१५ मंसिर २०७६, काठमाडौं

धरान उप–महानगरपालिकाको उपनिर्वाचनको मतगणनामा नेपाली कांगेसका उम्मेदवारले अग्रता लिएका छन्।

आइतबार दिउँसो सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ६ हजार ८ सय ५७ र नेकपाका उम्मेदवार प्रकाश राईले ६ हजार ४ सय २३ मत प्राप्त गरेका छन्।

यसअघि धरान उप–महानगरपालिकामा तत्कालीन नेकपा एमालेका तारा राईले विजयी भएका थिए। उनको मृत्यु भएपछि त्यहाँ उप निर्वाचन भएको हो।

प्रतिक्रिया दिनुहोस्