माधव काफ्ले, टीएन भट्ट ‘विश्वामित्र’ तथा खोलाघरे साईलो अभिन्दित तथा सम्मानित



१५ मंसिर २०७६, काठमाडौं

मनोहरा साहित्य समाजद्वारा आयोजित एक भव्य वार्षिक कार्यक्रममा ‘लाक्षागृह’ निबन्ध सङ्ग्रहका   निबन्धकार माधव काफ्ले, कवि तथा ‘डेड सुक्रबिर’ उपन्यासका लेखक टीएन भट्ट र छन्दहस्त कवि खोलाघरे साईलोलाई  अभिन्दन तथा सम्मान गरिएको छ ।

ग्लोबल पब्लिक स्कूल, टाउन प्लानिङ, पुरानो सिनामंगलमा आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै प्रा.डा. माधव पोखरेलले निबन्धकार माधव काफ्ले निबन्ध लेखनमा अब्बल भएको र उनको नयाँ कृति ‘लाक्षागृह’ उत्कृष्ट निबन्ध भएको समेत बताए ।

यसै गरि कवि टीएन भट्ट ‘विश्वामित्र’ चम्किलो कवि तथा आख्यानकार भएको उनको नयाँ उपन्यासले समेत आफ्नो स्थान बनाउन सफल रहेको कुरा जानकारी गराए । यसैगरी खोलाघरे साईलोको कविता सिल्प उत्कृष्ट रहेको भन्दै प्रसंशा समेत गरेका थिए ।

कार्यक्रममा थुप्रै कविहरुले कविता वाचन गरेका थिए भने संस्थाका संयोजक कवि डिल्लिराज अर्यालले सभापतित्व गरेको उक्त कार्यक्रम साहित्यकार सितल गरीले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्