कास्कीमा ६ हजार मतले विद्या भट्टराई अगाडि



१५ मंसिर २०७६, काठमाडौं

शनिबार कास्की क्षेत्र नम्बर २मा सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मत गणनामा सत्तारूढ नेकपाकी उम्मेदवार विद्या भटराईले झण्डै ६ हजार मतले अग्रता कायम राखेकी छिन्।

अलिहेसम्मको मत परिणामअनुसार नेकपाकी भट्टराई ११ हजार ८८९ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले ५ हजार ९५७ मत प्राप्त गरेका छन्।

३३, २१, २० र १७ गरी चार वडाको मत गणना हुँदा नेकपाकी विद्याले मतान्तर बढाउँदै लगेकी हुन्। पछिल्लो मत परिणमअनुसार विद्याले ५ हजार ९५७ मतले अग्रता कायम गरेकी हुन्।

निर्वाचन आयोगका अनुसार सो निर्वाचन क्षेत्रमा जम्मा मतदाता ७१,८७१ रहेकोमा ४५,५६३ मत(६३.४) प्रतिशत) खसेको थियो।

प्रतिक्रिया दिनुहोस्