धरानमा ४ वडाको मत गणना गर्दा साझालाई ५ मत मात्र



१५ मंसिर २०७६, काठमाडौं

धरान उप–महानगरपालिकामा ४ वटा वडाको मत गणना गर्दा साझा पार्टीका उम्मेदवारले जम्मा पाँच भोट प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीका अनुसार उक्त पार्टीका मेयर पदका उम्मेदवार राजनकुमार श्रेष्ठले जम्मा पाँच मत ल्याएका हुन्। १७, १८, १९ र २० नम्बर वडाको मतगणना सम्पन्न हुँदा साझा पार्टीलाई जम्मा पाँच मत मात्र प्राप्त भएको कार्यालयले जनाएको हो।

पछिल्लो मतपरिणाम अनुसार ९,८५१ भोट गणना हुँदा नेकपा र कांग्रेस उम्मेदवारको तीव्र प्रतिस्पर्धा छ। नेकपा उम्मेदवार प्रकाश राई ४,५७४ मतका साथ अगाडि छन्।

कांग्रेस उम्मेदवार तिलक राई ४,५१७ मतका साथ पछ्याइरहेका छन्। उनीहरूबीचको मतान्तर ५७ रहेको छ। धरान उप–महानगरपालिकामा ५५ हजार ११ मत खसेको छ।

कूल मतदाता संख्या ९२ हजार ८५३ मध्येमा यति मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्