दाङ क्षेत्र नं ३ ख मा नेकपा उम्मेदवार बिमला वलीको शानदार अग्रता



१५ मङ्सिर २०७६, काठमाडौं

उपनिर्वाचन २०७६ अन्तर्गत दाङ क्षेत्र नं ३ खको मतगणना शुरू भएको छ। घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरू भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

छिल्लो मतपरिणाम अनुसार नेकपा उम्मेदावार बिमला वलीले ८३१ मत पाएकी छन्। नेपाली कांग्रेसका केशव राज शर्माले २६२ मत प्राप्त गरेका छन्।

मतगणना आज बिहान ९ः०० बजेबाट शुरु गरिएको हो। शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्