धरानको मेयरमा नेकपा-कांग्रेसबीच कडा प्रतिस्पर्धा



१५ मंसिर २०७६, काठमाडौं

धरान उपमहानगरपालिकाको मेयरका लागि शनिबार भएको उपनिर्वाचनको मतपरिणाम जारी छ ।

पछिल्लो मतपरिणामअनुसार त्यहाँ नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । नेकपाका उम्मेदवार प्रकाश राई कांग्रेस उम्मेदवार तिलक राईभन्दा झिनो मतले अगाडि छन् ।

प्रकाशले २३०९ मत पाएका छन् भने तिलकले २२९२ मत पाएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्बुले १३३ मत पाएका छन् । मत गणना जारी छ ।

यसअघि २०७४ मा भएको चुनावमा धरानमा तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्