भक्तपुर–१ मा कांग्रेसको अग्रता , १२ बजेसम्म अन्तिम नतिजा आउने



१५ मङ्सिर २०७६, काठमाडौं

भक्तपुर–१ (क) मा प्रदेश सभा सदस्याका पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ ।

आइतबार बिहान १० बजेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १,२,३,४,५ र ६ को मतगणना भएको छ ।

जसअनुसार काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३०८३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकालले १०६९४ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का निरज लवजूले ३८६० मत प्राप्त गरेका छन् ।

अब वडा नम्बर १० को मात्रै मतगणना हुन बाँकी रहेको र १२ बजेसम्म अन्तिम नतिजा आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्