कास्की २ ताजा अपडेट : दोब्बर मतले विद्या भट्टराईको अग्रता



१५ मङ्सिर २०७६, काठमाडौं

कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराई दोब्बर मतले अगाडि छिन् ।

उनले ८ हजार २६५ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ६८२ मत ल्याएका छन् ।

यता, समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १७२ मत ल्याउँदा साझा पार्टीकी रजनी केसी ९० मतमा सिमित छिन् । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्