जनताको घर-दैलोमै सरकार पुगेको छ : मुख्यमन्त्री राई



१४ मंसिर २०७६,काठमाडौं

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जनताका घरदैलोमै तीन तहका सरकार पुगेको बताउनुभएको छ । आज यहाँस्थित प्रदेश नं. १ को पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा ‘पर्यटकीय महोत्सव’को उद्घाटनमा मुख्यमन्त्री राईले जनताका भावनाअनुसारको काम गर्नका लागि तीन तहका सरकार निर्माण भएकाले अब देश र जनताको हितमा काम हुनेछ भन्नुभयो ।

मुख्यमन्त्री राईले पर्यटकीय सम्भावनाको हिसाबले प्रदेश नं १ निकै धनी रहेकाले भ्रमण वर्ष २०२० मा राखेको लक्ष्यअनुसारको पर्यटक भित्र्याउन प्रदेश सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो । सबै नेपालीलाई आ–आफ्नो संस्कृति र धर्म मान्ने अधिकार रहेको भन्दै उहाँले यस महोत्सवले भ्रमण वर्षको स्वागत गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्