कास्की २ चुनावी अपडेट : चार बजेसम्म ६० प्रतिशत बढी मतदान



१४ मंसिर २०७६, काठमाडौं

कास्की २ मा ६० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार ४ बजेसम्म ६० प्रतिशत मतदाताले मत खसालेका छन् ।

५ बजेसम्म ७० प्रतिशतभन्दा बढी मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय कास्कीले लिएको छ । `हामीले अनुमान गरेभन्दा बढी मतदाता आउनु भएको छ,´ जिला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले भने,`७० प्रतिशतभन्दा बढी मतदाताले मत हाल्नु हुन्छ । आई रहनु भएको छ ।´

स्व. रवीन्द्र अधिकारीको निधन पछि कास्की २ मा उप चुनाव हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्