नेकपाकी उम्मेदवार विद्या भट्टराईद्वारा मतदान



१४ मङ्सिर २०७६, काठमाडौं

सत्तारूढ नेकपाकी उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छिन्। उनले पोखरा–३३ भरतपोखरीको शान्ति उदय माविमा मतदान गरेकी हुन् ।

साझाकी रजनी केसिले मतदान गरि सकेकी छिन् । भने अन्य उम्मेदवारहरु पनि मतदान गर्ने क्रममा छन् । तर, प्रमुख प्रतिपक्ष काङ्ग्रेसका खेमराज पौडेलले मतदान गर्न पाउने छैनन् ।

मतदान बिहान ७ बजेदेखि सुरु भएको हो । अहिलेसम्म २८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्