
१३ मङ्सिर २०७६, ताप्लेजुङ
ताप्लेजुङको सिदिङवा गाउँपालिका ५ लिम्बुदिनका जयबहादुर इदिङगो लिम्बूको भीरबाट लडेर मृत्यु भएको छ ।
५५ वर्षीय लिम्बू आफन्तको घरमा पुगेर फर्कने क्रममा बिहीबार राती सोहि गाउँपालिकास्थित नाँकेडाँडा भीरबाट खसेका थिए ।
५ सय मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अत्याधिक मदिरा सेवन गरेका कारण भीरबाट खसेको हुनसक्ने प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको प्रहरी निरीक्षक विष्णु खड्काले बताए।





