गाडीमा यात्रा गर्दा बान्ता हुन्छ? यसो गर्नुहोस्…..



१३ मंसिर २०७६, काठमाडौं

यात्राका क्रममा शरिरका इन्द्रीयहरु आँखा, कान इत्यादिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य वान्ता उत्पन्न हुन्छ। मोसन सिकनेस पनि व्यक्तिपिच्छे फरक–फरक हुन्छ।

कसैलाई सवारी साधन जस्तैः बस, ट्याक्सी, हवाईजहाज चढेको केही मिनेटमै सुरु हुन्छ भने कसैलाई घन्टौं पछि। मोसन सिकनेस भएमा यात्रा साह्रै कष्टकर हुन्छ।

अतः आफ्नो यात्रा सुखदायी र रमाईलो बनाउनका लागि हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय।

ल्वाङ्गः ल्वाङ्ग मुखमा राखेर चुसीरहँदा वान्ता हुँदैन।

जामुनः जामुनको फल वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ। अतः जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको वीच–वीचमा अलि–अलि रस पिउँदा पनि वान्ता हुँदैन। साथै जामुनको फल नै फलफुलका रुपमा प्रयोग गर्न सकिन्छ।

आँपः काँचो आँपले खानामा रुची लगाउँछ। खाना पचाउन सहयोग गर्दछ। त्यही आँपको पातले वान्ता रोक्ने काम गर्दछ। यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर वीच–वीचमा पिउने गर्नुपर्दछ।

सौंफः सौंफले पनि वान्ता रोक्ने काम गर्दछ। यात्राका क्रममा मुखमा सौंफ राखेर चपाईरहँदा पनि वान्ता हुँदैन।

अदुवाः रुघा खोकी, अरुची इत्यादि प्रयोग गरिने तथा दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ। यसैगरी फलफुलका रुपमा प्रयोग हुने दाडिम ,बयर, बिमिरो आदि यात्राका क्रममा पटक–पटक खाँदा पनि मोसन सिकनेस कम गर्न सकिन्छ।

जेठीमधुः यसले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ।

प्रतिक्रिया दिनुहोस्