के रक्सी सेवनले यौन क्षमता र सन्तुष्टि दिन्छ?



१३ मंसिर २०७६, काठमाडौं

यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा जानकारी नहुँदा नेपालमा धेरै प्रकारका गलत कुराहरुको चर्चा हुने गरेको छ। यौन स्वास्थ्य भन्नाले शारीरिक, मानसिक र सामाजिक रूपले यौनिकताका सन्दर्भमा हरेक पक्षबाट सक्षम भई जीवनको कल्याण हुने अवस्थाको सृजना गराउनु भन्ने बुझिन्छ।

यौनिकता र यौन सम्बन्धमा सकारात्मक र सम्मानजनक दृष्टिकोणको अपेक्षा राख्दछ। यसमा कुनै जबरजस्ती वा भेदभावविनाको हिंसा रहित आनन्ददायी तथा सुरक्षित यौन व्यवहारको अनुभूति गरिन्छ।

किशोरवस्थाको प्रजनन स्वास्थ्य समस्या अन्य अवस्थाको भन्दा फरक हुन्छ। किशोरवस्थामा शारीरिक तथा मानसिक परिवर्तन तीव्र रूपमा हुने हुँदा किशोर-किशोरीमा विभिन्न प्रकारको जिज्ञासा आउने गर्दछ। यसलाई स्वभाविक रुपमा लिने गर्नुपर्छ।

रक्सी सेवनले यौन के सन्तुष्टि बढ्छ ?

हाम्रो समाजमा यौन तथा प्रजनन् क्षेत्रका विषयमा धेरै प्रकारका गलत कुराहरु सार्वजनिक हुन्छन्। युवा उमेरमा रक्सी सेवनले यौन क्षमता र सन्तुष्टि बढ्ने हल्ला धेरै नै हुन्छ।

विभिन्न अध्ययनअनुसार रक्सीको सेवनले यौन क्षमता र सन्तुष्टि दुवै बढ्दैन। बेलायती चिकित्सकहरुको टोलीले गरेको अध्ययनअनुसार रक्सी सेवनले दुवैजनालाई सन्तुष्टिका लागि चाहिने अन्य वातावरणको अभाव हुन्छ। त्यसैले रक्सी सेवनले यौन क्षमता र सन्तुष्टि दुवै मिल्दैन।

प्रतिक्रिया दिनुहोस्