८ किलो सुनसहित २ चिनियाँ नागरिक पक्राउ



१३ मंसिर २०७६, काठमाडौं

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ८ किलो सुनसहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

प्रहरीले ८ किलो सुनसहित २ जना चिनियाँ नागरिकलाई बिहीबार राति ११ बजे विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

नेपाल एयरलाइन्सको विमानमार्फत हङकङबाट काठमाडौं आएका चेन छिन्जुवङ र अर्का एक चिनियाँ नागरिक सुनसहित पक्राउ हुन्।

दुवै जना चिनियाँ नागरिकलाई महानगरीय प्रहरी वृत्त गौशालामा लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्