चिसोबाट बच्चालाई बचाउन यसो गर्नुहोस….



१२ मंसिर २०७६, काठमाडौं

जाडो बढेको छ। बिहान–बेलुका निकै चिसो महसुस हुन थालेको छ। चिसो बढेसँगै हरेक मानिसले आफ्नो स्वास्थ्यको पनि उत्तिकै ख्याल राखनुपर्दछ।

जसमध्येमा बालबालिकामा पनि भर्खरका शिशुहरूमा बढी समस्या देखिने सम्भावना रहने जानकारहरु बताउँदै आएका छन्। तर, केही साधारण कुरामा मात्र ध्यान दिने हो भने पनि धेरै रोगहरूबाट सहजै बच्न सकिन्छ।

चिकित्सकहरुका अनुसार, बच्चाको शरिर सानो हुने तथा शरीरका कतिपय अंगको विकास राम्रो भइनसकेको हुनाले उनीहरूको केयर बढी नै जोखिमपूर्ण हुन्छ ।

त्यसैले, बच्चालाई चिसोबाट कसरी बचाउने? भन्ने बिषयमा यी टिप्स तपाईँहरुको लागिः

–सानो बच्चालाई तातो र झोलिलो खानेकुरा पटक–पटक खवाउनहोस्।

–बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्नुहोस्।

–रुघा लागेको मान्छेसँग घुलमिल नगराउनुहोस्।

–बासी खानेकुरा कहिल्यै नखुवाउनुहोस्।

–चिसो चिज सकेसम्म नदिनुहोस्।

–उमालेको पानी पिउन दिनुहोस्।

–बच्चालाई रुघा खोकी लागेको छ भने केहीदिन घरमै आराम गराउनुहोस्।

–बच्चा बस्ने र सुत्ने कोठा सधै हावा खेल्ने तर न्यानो बनाएर राख्नुहोस्।

–कोठामा बच्चाले खेल्ने ठाउँमा कार्पेट ओछ्याउनुहोस्।

–तातो बाक्लो दाल खुवाउने गर्नुहोस्। जसबाट बच्चाहरु स्वस्थ हुनका साथै आवश्यक क्यालोरी पनि पाउन सक्छन्।

–जाडो छ भन्दैमा धेरै बाक्ला लुगा लगाएर अनि ओढाएर बच्चालाई असजिलो र गुम्म नपानुहोस्।

–बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्दछ। त्यसैले, स्वच्छ र तातो खानेकुरा बेला–बेलामा खुवाउनुहोस्।

–जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले ससरसफाईसहित विभिन्न कुरामा ध्यान पुर्‍याउनुहोस्।

–घर बाहिर लैजादा मास्क लगाएर मात्र निकाल्यो भने चिसोबाट हुने रोगबाट आफ्नो बच्चालाई बचाउन सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्