अब चाँडै आदिवासी, महिला र दलित प्रधानमन्त्री बन्नेछ : प्रचण्ड



१२ मङ्सिर २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टलाई फुटाउने मानसिकता बोक्ने विपक्षीह्ररुको सपना कहिल्यै पूरा नहुने बताउनुभएको छ ।

नेकपा निर्वाचन परिचालन कमिटी धरानले आयोजना गरेको चुनावी सभामा उहाँले काँग्रेसले नेकपालाई बदनाम गराए आफैँ सकिने बताउनुभयो । “नेपालको विकास कम्युनिष्टले गर्छ ।

अब चाँडै आदिवासी जनजाति, महिला र दलित प्रधानमन्त्री बनेको देख्न पाउने दिन आउनेछन्”, भनेर दाहालले भनेका छन् , “हामीले महिला राष्ट्रपति, जनजाति उपराष्ट्रपति, महिला सभामुख बनाइसकेका छौँ । अब महिला, जनजाति र दलित प्रधानमन्त्री बनाउने पालो छ ।” सभामा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेता भीम आचार्य, नगर प्रमुखका उम्मेदवार प्रकाश राईलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्