चिनियाँ टेलिसिरियल ‘पश्चिमको यात्रा’ अब नेपाली टिभीमा



११ मंसिर २०७६, काठमाडौं

लोकप्रिय चिनियाँ टेलिसिरियल ‘पश्चिमको यात्रा’को तेस्रो धाराबाहिक प्रसारणको उद्धघाटन भएको छ।

सिरियलको उद्घाटन बुधबार राजधानी काठमाडौंमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले गरेका हुन्। चीनको केन्द्रीय टिभी सीसीटिभीले ४०० वर्षभन्दा पुरानो चिनियाँ उपन्यासमा आधारित कथावस्तुलाई ‘मश्चिममको यात्रा’ नाम दिइ सिरियल बनाएको थियो।

४ बर्ष पहिले अरनिको समाजले चीनको केन्द्रीय टिभीको अनुमति लिई आफ्नै स्रोत तथा साधनमा उक्त टिभी सिरियल अनुवाद तथा निर्माण गरेको थियो।

कार्यक्रमबीच प्रमुख अथिति वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी लगायत अन्य अथितिहरुः

‘पश्चिमको यात्रा’ इन्डिजिनियस र नेपाल मण्डल टिभीबाट मंसिर दोस्रो साताबाट प्रशारण हुने इन्डिजिनियस टिभीका पत्रकार तेज किरातीले जानकारी दिए।

कार्यक्रमको प्रमुख अथितिको रुपमा रहेका वाङ्मय शताब्दी पुरुष जोशीले ‘पश्चिमको यात्रा’ले नेपाल र चीनबीचको सम्बन्ध अझ प्रगाढ तथा समधुर बनाउने बताए। “यस्ता कलाहरुबाट ज्ञानको आदान–प्रदान हुन्छ। यो एउटा फिलोसफिकल कुरा हो, यसले सबैलाई एक खालको ज्ञान प्राप्त हुन्छ।” उनले भने।

यसैगरी दुवै टिभीका प्रतिनिधिले यस्तो लोकप्रिय पाश्चात्य कार्यक्रमलाई आफ्नो टिभीमार्फत् प्रशारण गर्न पाउँदा आफूलाई खुशी लागेको संक्षिप्त प्रतिक्रिया दिएका थिए।

२५ भागसम्मको उक्त सिरियलले ‘चिनियाँ प्रसिद्ध बौद्धभिक्षु’ चीनबाट भारतको नालन्दा विश्वविद्यालयमा अध्ययन गर्न जाँदाको ऐतिहासिक यात्रालाई मुख्य विषयवस्तु बनाएको छ।

कार्यक्रममा सहभागी नेपाल तथा चीनका अथितिहरुः

 

प्रतिक्रिया दिनुहोस्