जाडोमा यसरी न्यानो रहन डा. शाहको सुझाव



११ मंसिर २०७६, काठमाडौं

जाडो याम शुरु भइसकेको छ।

जाडोमा कसरी आफू सुरक्षित रहने? यो यत्तिबेलाको सबैको चासोको विषय हो।

बिहान–बेलुका निकै चिसो बढ्न थालेको छ। यसरी दिन–प्रतिदिन जाडो यामको सुरुवातसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्न थाल्छन्।

यस समयमा आफूले आफ्नो स्वास्थ्यको निकै ख्याल राख्नुपर्ने हुन्छ। जाडोयाममा विशेष गरी समस्या देखिने भनेको बूढा–बूढी र बालबालिकामा नै हो।

बालबालिकामा पनि भर्खरका शिशुहरूमा बढी समस्या देखिने सम्भावना रहने जानकारहरु बताउँदै आएका छन्। तर, केही साधारण कुरामा मात्र ध्यान दिने हो भने पनि धेरै रोगहरूबाट सहजै बच्न सकिन्छ।

विशेषगरि जाडो मौसममा आफूलाई स्वस्थ राख्न के–कस्तो उपाय अपनाउनुपर्छ? कस्तो खानपान गर्ने र नगर्ने? कस्तो–कस्तो स्वास्थ्य समस्याहरु देखा पर्छन् लगायत् यी यावत् विषयमा मैले चाबहिलस्थित ‘मेडिकियर अस्पताल’का फिजिसियन डा.आरती शाहसँग कुराकानी गरेका छु।

कसरी स्वस्थ रहने जाडो मौसममा?

जाडो मौसममा आफूलाई स्वस्थ राख्न के गर्नुपर्छ?

बिशेषगरी हामी आफूले–आफ्नो स्वास्थ्यलाई कुनै हेलचेक्र्याई नगरि सामान्य कुराहरुमै ध्यान दिन सक्यौं भने स्वस्थ रहन सक्छौं।

सधैँ न्यानो भएर बस्ने, न्यानो कपडा लागाउने, घर पनि न्यानो बनाएर राख्ने, बाहिरतिर जानुपर्ने भएमा हातमा पन्जा, खुट्टामा मोजा लगाएर निस्किने अनि सरसफाईमा बिशेष ध्यान पनि दिनुपर्दछ।

त्यस्तै, स्वस्थकर खानापान गर्ने, प्रशस्ता मात्रामा पानी पिउने, गिजरको प्रयोग गर्दा निकै ध्यान पनि दिनुपर्ने हुन्छ।

जाडोयाममा छाला फुस्रो हुनबाट कसरी बचाउने?

जाडो मौसममा कस्तो खानपान गर्ने?

जाडो मौसम यस्तो मौसम हो। जहाँ खाना अरुची हुनेहरुलाई पनि खाना रुच्ने गर्दछ।

जाडो मौसममा बिशेषगरि सुप र झोलिलो खाने कुरा नै खानुपर्दछ। जसले गर्दा शरिर सुख्खा रहन दिँदैन। टाउको दुख्ने, मुख सुख्खा हुने जस्ता चिसोले हुने समस्याबाट पनि बच्न सकिन्छ।

जाडोमा न्यानो महसुस हुने खाना खानुपर्दछ। त्यस्तै, कार्बाहाइड्रेट, प्रोटिन, भिटामिन मिनरल्स, पानी सबै समावेश भएको खाना खानु आवश्यक हुन्छ।

गर्भावस्थामा चिसोबाट कसरी बच्ने?

यो मौसममा गेडागुडी तथा माछामासु, दुध तथा अण्डा, हरियो सागसब्जी खानु स्वास्थ्यका फलदायी हुन्छ।

जाडो मौसममा कस्तो खाना नखाने?

दही, पेय पदार्थ तथा चिसो फ्रिजमा भएका खानेकुराबाट सकेसम्म टाढै रहनुपर्दछ।

तातो पानी प्रशस्त मात्रामा खाने। जुन तातो पानी खाना मन नलागेको अवस्थामा मन तातो बनाएर खाना सकिन्छ।

चिसोमा दाँतको हेरचाह गर्ने तरिका

अमिलो, पिरो खानेकुरा नखानुहोस्। किनभने जसले गर्दा रुघाखोकी, घाटी दुख्ने समस्या बढ्ने भएकाले यो बढ्न सक्ने उत्तिकै सम्भावना हुन्छ।

जाडो महिनामा कस्ता–कस्ता स्वास्थ्य समस्याहरु देखा पर्दछन्?

जाडो मौसमले विभिन्न स्वास्थ्य समस्याहरु लिएर आउँछ।

यसकारण जाडोमा खाइन्छ बदाम

जाडो महिना विशेषगरी स्वासप्रस्वासको समस्या, रुघाखोकी, निमोनिया, हाइपोथर्मिया, फस्र्टबाइट, कार्बनमोनोअक्साइड पोइजनिङ जस्ता समस्याहरु हुन सक्छ।

जसमा मुख्य देखिरहने समस्या भनेकै रुघाखोकी हो। रुघाखोकी लाग्नुको मुख्य कारण भाइरल संक्रमण नै हो। भाइरल संक्रमणबाट बच्ने उपाय भनेको रुघाखोकी लागेको मानिससँग दुरी कायम गर्नु हो।

उनीहरुले प्रयोग गरेको सामान सकेसम्म प्रयोग नगर्ने, शरिरलाई न्यानो राख्न सक्यो भने भाइरल संक्रमणबाट बच्न सकिन्छ। त्यसैले, समय समयमा तातो तरल पदार्थको सेवन निकै हितकर हुन्छ। जाडोयाममा पानी थोरै मात्र पिउने बानी धेरैमा हुन्छ, जुन अस्वस्थकर मानिन्छ।

रुघाखोकीले सतायो? यसो गर्नुहोस्….

जाडो मौसममा स्वस्थ रहन के गर्ने?

–जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्दा नै धेरै फाइदा हुन्छ। हिँड्डुल गर्नैपर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनु उचित हुन्छ।

रूघाखोकी अर्थात् चिसोका रोगहरूबाट बच्न यसो गर्नुहोस्…….

–भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्ने।

–बन्द कोठा भित्र बसेर आगो वा हिटर नताप्ने। राम्रोसँग हावा आवतजावत् गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने।

–मौसमी फलफूल विशेष गरेर भिटामीन सीयुक्त फलफुलको सेवन धेरै गर्ने।

–तातो पानी सकेसम्म धेरै पिउने। चिसो कुराको सेवन नगर्ने।

–बालबालिकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्साउनु हुँदैन । भित्र भित्रै तातो भएर पसिना आउँछ र त्यसैको चिसोले अन्य समस्या नित्याउँछ ।

–स्वासप्रस्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अपनाउने र समय समयमा चिकित्सकसँग परामर्श लिइरहने।

–हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाहरूले मोस्चराइजर क्रिमको प्रयोग गर्ने।

–जाडो मौसममा तुँवालो लागेको बेला माक्सको प्रयोग गर्नाले पनि धेरै प्रकारका स्वासप्रस्वासका समस्याबाट जोगिन सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्