
११ मङ्सिर २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्ने चुनावीसभामा बम विस्फोट भएको छ।
पोखराको नयाँबजारस्थित प्रदर्शनीस्थलमा आयोजित नेकपाको चुनावीसभामा विस्फोट भएको हो।
कार्यक्रममा प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम सम्बोधनका लागि उपस्थित छन्। विस्फोटबाट मानवीय क्षति केही नभएको र त्यसबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।





