राष्ट्रवादी आन्दोलनका नायक हुन् नेकपाका अध्यक्ष प्रचण्ड



२० मंसिर २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिका एक गतिशील नेता मानिन्छन् । नेपाली कम्युनिष्ट आन्दोलनलाई सशस्त्र क्रान्तिमा रुपान्तरित गरी अधिकांश ग्रामीण क्षेत्र कब्जा गरेपछि परिवर्तित विश्व राजनीतिको विश्लेषण गर्दै जनयुद्धलाई शान्ति मोर्चामा बदल्ने योद्धा पनि हुन् प्रचण्ड !

नेपाली कम्युनिष्ट आन्दोलनको ईतिहासलाई छोटो समयमै विभिन्न आयाममा परिवर्तन गर्न सक्ने प्रचण्डलाई सहयोद्धाहरु दुरदर्शी नेताको उपमा दिन्छन् । यहि गतिशीलताको परिणाम नै एकीकृत नेपाल कम्युनिष्ट पार्टी हो भन्नेहरुको पनि ठूलै पंक्ति छ ।

आलोचकहरु प्रचण्डको समस्या सामना र रुपान्तरण गर्ने शैलीलाई ढुलमुले देख्छन्, अडान नभएको ठान्छन् । पछिल्लो समयमा भारतीय सीमा अतिक्रमणको विरुद्धमा प्रचण्डले बोल्दा पनि मौसमी राष्ट्रवादीको आरोप लगाउन पछि परेनन् तीनै पंक्तिका आलोचकहरु ।

नाकाबन्दी र राष्ट्रियताको सवालमा प्रचण्डलाई मौसमी देख्नेहरुले एकीकृत नेकपा माओवादी केन्द्रीय कार्यालय २०६६ पुषमा प्रकाशित “नेपालको राष्ट्रिय स्वाधीनताका चुनौतिहरु” (नेपाल–भारत असमान सन्धीहरु र मिचिएका सीमाका नक्साहरु सहित) पढ्नैपर्ने देखिन्छ । उक्त पुस्तकमा प्रचण्ड नेतृत्वको तत्कालिन कम्युनिष्ट पार्टीले केन्द्रीय अपिल जारी गर्दै राष्ट्रिय स्वाधिनतामा उठाएका मुद्दाहरुमा नेपाल भारत बिचका असमान सन्धी तथा सम्झौताहरु, भारतद्वारा सीमा मिचिएका स्थानहरुको नक्सा, शारदा ब्यारेजका लागि लिजमा लिईएको भू–भागको नक्सा, सुस्ताको अतिक्रमित भू–भागको नक्सा लगायतका विषयहरु पार्टी केन्द्रले प्रकाशन गरी कार्यकर्ता तहसम्म पुर्‍याएको देखिन्छ ।

प्रचण्डलाई मौसमी भन्नेहरुको केन्द्रीय कार्यालयको कुनै प्रकाशनले भारतसँग भएका असमान सन्धीहरु, भारतले मिचेको भूमिको नक्सा सहितको पुस्तक प्रकाशन गर्ने हिम्मत गरेको छ र ?

आफूले चुनावी सभामा गरेका भाषणहरु राष्ट्रवादीको लेपनले लेपिने अनि एउटा क्रान्तिकारी ईतिहास बोकेको नेताको केन्द्रीय प्रकाशनमा छापिएको दस्तावेज चाहिँ मौसमी हुने ?

प्रतिक्रिया दिनुहोस्