दाङ उपनिर्वाचनमा बिमला वलीको पक्षमा उर्लियो मानवसागर



१० मंसिर २०७६, काठमाडौं

दाङ जिल्लाको निर्वाचन क्षेत्र नं. ३ (२) को मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार बिमला खत्री (वली) को पक्षमा जनसागर उर्लिएको देखिन्छ ।

पश्चिम दाङको श्रीगाउँमा भएको जिल्ला स्तरीय भेलामा स्वस्फूर्त रुपमा गाउँगाउँ, टोल–टोलबाट सूर्यको झण्डा बोकेर विमला वली जिन्दावाद भन्दै मतदाताहरु सहभागी भएका थिए । सोही कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य धिरज सिर्पाली लगायत नेपाली काँग्रेसका सयौं कार्यकर्ताहरु समेत नेकपामा प्रवेश गरेका छन् ।

चुनावी सभालाई सम्वोधन गर्दै नेकपा प्रदेश ५ का इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोख्रेल, नेकपा प्रदेश ५ का अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मा, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रेखा शर्मा, नेकपा संघीय संसदीय दलकी सचेतक एवं नेकपाकी प्रभावशाली नेतृ शान्ता चौधरी, सुर्यध्वजावहाक उम्मेद्वार विमला वली लगायत स्थानीय जनप्रतिनिधिहरु र हजारौंको सहभागिता रहेको प्रचारप्रसार समितिका उपसंयोजक आजाद खड्काले बताए ।

 

प्रतिक्रिया दिनुहोस्