ठेकेदारले काम नगरे म आफैँ अनसन बस्छुः प्रचण्ड



१० मंसिर २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण व्यवसायीविरुद्ध आफू अनसन बस्न पनि तयार रहेको बताएका छन्।

नेकपा प्रदेश २ ले बाराको निजगढमा मंगलबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समयमा विकास निर्माणको काम पूरा नगर्ने ठेकदारलाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने र कारबाही नभए आफैं आएर अनसन बस्ने बताएका हुन्।

‘यदि ठेकदारले द्रुतगतिमा काम गर्दैन भने तिनलाई के कारबाही गर्नुपर्ने म सरकारलाई भन्छु। यदि सरकारले सुनेन भने म आफैँ नै अनसनमा बसेर भए पनि तपाईँहरुको साथमा रहने छु।’ उनले भने ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्