भुलेर पनि नखुवाउनुहोस् नवजात शिशुलाई पानी



०९ मंसिर २०७६, काठमाडौं

कतिपयः अभिभावकहरु आफ्नो बच्चालाई कुन उमेरमा पानी पिलाउन सुरु गर्ने हो? भन्ने कुरामा अन्यौल हुन सक्छन्। यदि त्यस्तो हो भने, अब त्यो अन्यौल हटाउन जरुरी छ।

सामान्यतयः स्तनपानबाटै नवजात शिशुलाई ९० प्रतिशत पानीको आपूर्ति हुने सम्बन्धित विज्ञहरु बताउँछन्।

त्यस्तै बच्चाले आमाको दुधबाटै हाइड्रेड पनि प्राप्त गरिरहेको हुन्छ। त्यसैले, ६ महिनासम्म बच्चालाई आमाको दूध नै पर्याप्त हुने चिकित्सकहरुको भनाई छ।

बच्चा चार महिनाको भएपश्चात् दिनमा एक अर्थात् दुईपटक, दुईदेखि तीन चम्चासम्म मात्र पानी पिलाउन सकिन्छ।

नवजात शिशुलाई पानी पिलाउँदा तौलमा कमी आउन सक्छ। ६ महिनाभन्दा कम उमेरका शिशुलाई पानी खुवाएमा जन्डिससमेत हुन सक्ने चिकित्सकहरु बताउँछन्।

नवजात शिशुलाई पानी पिलाउने बानी गर्दा उसले आमाको दूध नै मन नपराउने पनि हुन सक्छ। बच्चाको स्वास्थ्यका लागि जुन निकै हानिकारक साबित हुन्छ।

जब बच्चाले ठोस खाना खान थाल्छ, तब मात्र पानी पिउन सक्ने हुन्छ। यस्तो अवस्थामा पानी पिलाइयो भने उसलाई कब्जियतको समस्या पनि हुँदैन।

चार महिनापछि भने शिशुलाई आमाको दूध र पानी दुवै पिलाउन पनि सकिन्छ। यद्यपि, पानीमा बढी जोड दिनुहुँदैन।

नवजात शिशुलाई पानी पिलाउँदा विभिन्न शारीरिक तथा मानसिक समस्या पनि निम्तिन सक्छ।

प्रतिक्रिया दिनुहोस्