लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु[तस्वीरमा हेर्नुस्]



०९ मंसिर २०७६, काठमाडौं

आज २५ नोभेम्बर। अर्थात् अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस। महिला हिंसाविरुद्धको १६ दिने यो दिवस नेपालमा पनि विशेष रुपमा मनाउने गरिन्छ।

संयुक्त राष्ट्रसंघको सन् १९९९को महासभाले २५ नोभेम्बरलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि विश्वभर अभियानकै रुपमा यो दिवस मनाउन थालिएको हो।

महिला हिंसाविरुद्धको अभियानको यो वर्षको नारा ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ रहेको छ।

महिला, महिला अधिकारकर्मी, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला बालबालिकाको क्षेत्रमा काम गर्ने अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुले महिला अधिकारको पक्षमा वकालत गर्दै अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएका छन्।

नेपाली समाजमा बलात्कार, दाइजो, बाल विवाह, बोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथा समाजमा रहेकाले महिला र बालबालिकामाथिको हिंसा बढ्दो छ।

 

प्रतिक्रिया दिनुहोस्