भारतीय अतिक्रमणको विरुद्धमा नेपाली ईतिहासमै सबैभन्दा बढी गाईएका देशभक्तिपूर्ण ११ गीतहरु (भिडियो सहित)



०९ मंसिर २०७६, काठमाडौं

नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय राजनीतिक नक्सामा समेटिएपछि सारा नेपालीहरुको मन दुखेको छ । चित्त फाटेको छ । साना बालबालिकादेखि वृद्धबृद्धा आमाबाबु समेत भारततिर फर्किएर सरापी रहेका छन् । भारतीय दादागिरीको बिरोध गरिरहेका छन् ।

भारतीयले जारी गरेको नयाँ नक्साको विरुद्धमा विश्वविद्यालयका युवा विद्यार्थी मात्र होइन सबै राजनीतिक पार्टीहरु, श्रष्टा, पत्रकार र कलाकारहरु समेत आ–आफ्नो ठाउँबाट उठिरहेका छन् । जागीरहेका छन् । जनतालाई जगाईरहेका छन् ।

भारतलाई विस्तारवादीको आरोप लगाउने कम्युनिष्ट पार्टी मात्र होईन भारतीय नाकाबन्दीमा नबोलेको नेपाली काँग्रेस समेत यो पटक राष्ट्रियताको पक्षमा एउटै कित्तामा उभिएको छ ।  स्थानीय सरकारदेखि संघीय सरकारमा दुईतिहाईको कम्युनिष्ट सरकार हुनु, राष्ट्रवादी नेताको छवि बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नु र एकीकृत एवं शक्तिशाली नेकपाको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ को कमाण्डमा हुनु जस्ता स्वर्णिम अवसरबाट वर्तमान सरकार र नेकपाले नेपाल–भारत बिचको सीमा विवादको दीर्घकालीन समाधान नगरी उम्किने गुन्जायस नै छैन् ।

विगतमा विश्व शक्तिसँग नहारेका नेपाली पूर्खाहरुको बलिदानी र वर्तमान नेपालका जनताको भावनालाई  समेट्दै नेपालका राष्ट्रिय कलाकार, संगीतकार, सर्जकहरुले नेपाली संगीत ईतिहासमै सबैभन्दा बढी राष्ट्रभक्तिका गीतहरु गाउँदै जनता जगाईरहेका छन् ।

जनता जगाउँदै सीमा जोगाउन नेपाल सरकारलाई कदम चाल्न र भारतीय शाशकहरुलाई चेतावनी दिएका सबैजसो चर्चित गायक÷गायीकाहरुले गाएका यी ११  राष्ट्रभक्तिका गीतहरु :

१. सिमानामा हाम्रो माटो मिच्न नखोज : दिपक दिपा कमल ओली लगायत !

२. जोगाउनु छ कालापानी

३. “हाम्रो सुस्ता कालापानी”

४. हामीलाई नालापानीको पानी पिउने धोको छ

५. छोड-छोड विस्तारवाद हाम्रो भूमी छोड

६. हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी

https://youtu.be/KvY41Lqo9ZM

७. अब जागौँ, अब उठौ , सबै जुटौ

८. कालापानी हाम्रै हो

९. कालापानी लिपुलेक

https://youtu.be/doDt0EgZpd8

 

१०. अति भयो अन्यायको पराकाष्टा यहाँ: धृतराष्ट्र जस्तो मेरो मित्र राष्ट्र यहाँ

११. कालापानीको विषयमा राष्ट्रिय रुपमा गाईएको माछी मार्न जाउँ न दाजै कालापानीमा भन्ने गीत त्यो बेला बजाउन समेत प्रतिबन्द लगाईएको थियो रे !

 

यो पनि पढ्नुहोस

राष्ट्रवादी ओलीलाई सीमा विवाद समाधान गरी राजनेता बन्ने स्वर्णिम अवसर  !

प्रतिक्रिया दिनुहोस्