नेपाल विश्वकै एक पर्यटकीय गन्तव्य स्थल : पर्यटनमन्त्री भट्टराई



०७ मंसिर २०७६, काठमाडौं

काठमाडौंको पशुपतिनाथबाट सिन्धुलीगढी हुँदै जनकपुरको जानकी मन्दिरसम्म हुने राईड थ्रु सिन्धुलीगढी साईकल यात्राको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले पर्यटकिय हिसाबले नेपाल विश्वकै एक पर्यटकीय गन्तव्य स्थल भएको बताएका छन् ।

मन्त्री भट्टराईले नेपालमा पर्याप्त धार्मिक र सांस्कृतिक तथा प्राकृतिक सुन्दरताको अनगिन्ती ऐतिहासिक स्थल भएको प्रष्ट पार्दै काठमाडौंदेखि प्रदेश नं २ को राजधानी मिथिला जनकपुर सम्मको पर्यटकीय गन्तव्यलाई एक आपसमा जोड्न साईकल यात्राको प्रारम्भ गरेकोमा खुशी व्यक्त गरे । 

विश्वका विभिन्न देशमा घुम्न जादा त्यहाँ निश्चित पर्यटकीय सिजन हुन्छ । तर नेपालमा कुनै खास सिजनका लागि मात्र नभएर सबै महिना पर्यटकहरुकालागि उत्तिकै महत्वपूर्ण छन्–उनले भने ।

राईड थु्र सिन्धुलीगढी साईकल यात्राले नेपालको ईतिहासलाई पुनःएकपटक स्मरण गराउने बताउँदै सिन्धुलीगढीमा सिन्धुलीका योद्धा लड्दा हामीसँग हतियार थिएनन्, आधुनिक खालका कुनै हातहतियार नहुदा समेत तयारीकासाथ आएका ब्रिटिससँग पर्याप्त र आधुनिक हातहतियार हुँदा समेत नेपाली फौजले एकताबद्ध भएर ईतिहास बनाएको ठाउँ हो सिन्धुलीगढी–मन्त्री भट्टराईले भने, सिन्धुलीगढीमा तपाईहरु जादै हुनुहुन्छ त्यो ठाउँ प्राकृतिक हिसाबले मनमोह, सुन्दर, हरियालीमात्र नभएर नागबेली बाटाहरुमा घुम्नपाउनु पनि सौभाग्य हो ।

पर्यटनमन्त्री भट्टराईले राईड थ्रु सिन्धुलीगढी साईकल यात्राको समापन हुने जानकी मन्दिरमा बिवाह पञ्चिमी चलिरहेको जानकारी गराउँदै त्यहाँ अहिले लाखौ मात्रामा नेपालका  विभिन्न स्थान, भारत तथा विभिन्न देशका पर्यटक बिवाह महोत्सव मनाउन आउने समेत बताए ।

पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन कुनै ठुलो कुरा नभएको प्रष्ट्याउँदै सरकारी स्तरबाट चीन, भारत, बङ्गलादेश लगायतका छिमेकी देशबिच भएको उच्च स्तरिय भ्रमणले समेत भिजिट नेपाल २०२० लाई थप सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्