१० औं पेसापालो वर्ल्ड कपको लागि नेपाली टोली भारत प्रस्थान (फोटो फिचर)



०६ मंसिर २०७६, काठमाडौं

१० औं पेसापालो वर्ल्ड कपको लागि नेपाली टोली भारत तर्फ प्रस्थान गरेको छ ।

आगामी नोभेम्बर २६–३० सम्म भारतको पुनेमा हुने खेलमा नेपालको तर्फबाट १५ जना खेलाडी, ६ जना व्यवस्थापक सहित एक जना प्रशिक्षक गरि २२ जनाको टाली भारततर्फ प्रस्थान गरेको हो ।

खेलाडीलाई विदाई गर्दै नेपाल पेसापलो महासंघका अध्यक्ष पारसमणि दाहालले नेपालमा सन् २०१७ बाट शुरु गरिएको पेसापालो खेलले फड्को मारेको बताए ।

महासंघका अध्यक्ष दाहालले धेरै मेहनतका साथ नेपाली टोलीले पेसापालो खेलेर राम्रो गरेका कारण नै विश्व कपको लागि छानिएको बताउदै उनले भने, नेपालीलाई विश्वकै मेहनती भनेर चिनिनु नै नेपालको लागि खुशीको कुरा हो ।

मेहनत अनुसार सफलता हात पार्न सकिन्छ : क्याप्टेन विद्यान पोखरेल
पेसापालोका क्याप्टेन विद्यान पोखरेलले मेहनत गरे अनुरुप सफता हात पार्ने उदेश्य र तयारी रहेको बताएका छन् ।

हामी पावर भन्दा टेक्निकलाई पहिलो प्रथामिकता दिएर खेल्ने छौं । टिम कोअर्डिनेशन धेरै राम्रो रहेको र यसले नेपाली खेलाडीलाई थप उत्साह दिएको छ ।  पोखरेलले भने, हरेक टिमलाई जित्नको आश हुन्छ त्यसकारण नेपाली टिमले सेमिफाईनलमा विशेष ध्यानपूर्वक खेल्ने छौं हाम्रो मुख्य उदेश्य जित्न भन्दा धेरै कुराको अनुभव लिन जाने भएका हौं उनले भने ।

पेसापालो एसोसिएसनको सक्रियतामा नेपाली खेलाडी तथा प्रशिक्षकले अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा समावेश हुनको लागि अहोरात्र मेहनत गरेको समेत क्याप्टेन पोखरेलले बताए ।

टीमको तयारी
फिनल्याण्डका प्रशिक्षक मिक्को पिर्होनेनले झापाको मेचिनगर नगरपालिका स्थित बाहुण्डाँगीमा गत भदौ २९ देखि कात्तिक २९ गते सम्म सञ्चालन भएको बन्द शिविरमा तयारी गरिएको थियो । सो पूर्व तयारीले पहिलाको भन्दा धेरै सुधार आएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्