अनुहारको चाउरीपन कसरी हटाउने?



०६ मंसिर २०७६, काठमाडौं

कतिपयः मानिसहरु आफ्नो स्वभाविक उमेर भन्दा अगाडि नै अनुहारमा चाउरीपना देखिने गर्दछ। विशेषगरी लामो समयसम्म घाममा अनुहार देखाउदा, घामबाट बच्ने क्रिम नलगाउदा अनुहारको छाला चाउरी पर्दछ।

त्यस्तै, असन्तुलित खानपान, दीर्घ रोग इत्यादिका कारण निधारमा कालो धर्सा देखिन्छन्।

त्यसैले, जुन चाउरीपनको समस्याबाट बच्नका यस्तो उपाय गर्नूहोस्ः

कागती:

कागतीको रसलाई दहीमा मिलाएर अनुहारमा लेप लगाएर १५ मिनेटपछि पखाल्दा अनुहार सुन्दर देखिन्छ। कागतीको साईट्रिक एसिडले अनुहारको छालाको कोष मजबुत बनाउछ। अनुहारको छाला सुत्ने पोजिसनमा पनि निर्भर हुन्छ।

सम्बन्धित विज्ञहरुका अनुसार, घोप्टो परेर सुत्दा गाला दर्दराउने भएकोले उत्ताने परेर सुत्नु अनुहारको लागि राम्रो हुन्छ।

मह

अनुहारमा निखार ल्याउन लागि मह पनि एक हो। एक गिलास मन तातो पानीमा केरा र मह मिसाएको पेस्टलाई घोल्नुहोस र त्यसलाई अनुहारमा दलेर १५ मिनेटपछि चिसो पानीले पखाल्दा अनुहारमा भएका दाग हराउनुका साथै अनुहार सफा, चम्किलो र चाउरी पर्नबाट जोगाउछ।

महले अनुहारको छालाको कोषलाई कसिलो बनाइदिन्छ।

ध्युकुमारी

गाँउघर सजिलै पाइने र सहरबजारमा गमलामा रोप्न सकिने ध्युकुमारीले छालामा चमक ल्याउछ। यसको पेस्ट निमित अनुहारमा दल्दा यसले अनुहारमा शितलता प्रदान गर्नुका साथै तन्तुलाई मजबुत बनाउछ।

यसमा हुने एक प्रकारको एसिडले अनुहारलाई चाउरी पर्नबाट जोगाउछ।

आलमोन्ड

सुत्नुअघि १०/१२ दाना आलमोन्डलाई मिश्रि पानीमा भिजाउनुहोस्। बिहान उठेपछि पानी पिउनुहोस र आल्मोडको पेस्ट अनुहारमा लगाउनुहोस।

सधैँ यस्तै अभ्यास भएमा तपाईँको छालामा चमकता आउँछ।

मेवा

राम्रोसँग पाकेको मेवालाई पेस्टबनाएर १ चम्चा महमा मिसाएर अनुहारमा दल्नुहोस्।

जसले तपाईँलाई चाउरीपनबाट बचाउनका साथै अनुहारमा चमकता ल्याउँदछ।

प्रतिक्रिया दिनुहोस्