मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशनः फागुनदेखि राजधानीमा खाल्डाखुल्डी नदेखिउन्



०६ मंसिर २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्।

मन्त्रिपरिषद्को पुनर्गठनपछि बिहीबार मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयले आफ्नो मातहतका कामको स्थितिबारे चार दिनभित्र रिपोर्ट तयार गर्न पनि निर्देश गरे।

विकासका लागि सरकारको सामर्थ्यमाथि जनताको विश्वास रहेपनि तत्परतामाथि अविश्वास उत्पन्न रहने गरेको बताउँदै प्रधानमन्त्री ओलीले तत्परता अपनाउन निर्देशन दिए।

उनले आउँदो फागुनमा हुने आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौं उपत्यकाका सडकमा खाल्डा देखिन नहुने बताए।

प्रधानमन्त्री ओलीले कार्यसम्पादनका क्रममा लोभ गर्ने र मिलाएर आम्दानी गर्ने प्रवृत्ति देखिए सिधै कारबाहीको भागिदार हुने पनि चेतावनी दिए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्