निजामती सेवामा पहिलो पटक आठ आधारभूत सिद्धान्त



०६ मङ्सिर २०७६, काठमाडौं

निजामती सेवाको सञ्चालनमा पहिलोपटक आधारभूत सिद्धान्तको व्यवस्था हुने भएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘संघीय निजामती सेवाको गठन,सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक’ को दफाबार छलफलका क्रममा आधारभूत सिद्धान्तको व्यवस्था गर्ने सहमति जुटेसँगै ऐनमा ८ आधारभूत सिद्धान्त समेटिने भएका छन् ।

ती आधारभूत सिद्धान्तमा निजामती सेवाको गठनमा योग्यता प्रणालीमा निष्पक्ष छनोट, समावेशी र समान अवसर, स्वस्च र राजनीतिक तटस्थता, इमानदारिता र सदाचारिता, निष्पक्षता र जवाफदेहिता, अनुशासित, उत्तरदायी र नतिजामुखी सेवा, मितव्ययिता, कार्यदक्षता र पारदर्शिता, सेवाप्रतिको प्रतिबद्धता लगायत रहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्