गगन थापाले बिकास निर्माणमा झुटको खेती गरे : नेकपा नेता कुईकेल (भिडियो सहित)



मङ्सिर २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नं. प्रदेश सचिवालय सदस्य निर्मल कुईकेलले नेकपा नेतृत्वको काठमाडौं महानगरपालिका मार्फत भईरहेको विकास निर्माणको काम आफूले गरेको भन्दै सांसद गगन थापाले झुटको खेती गरेको आरोप लगाए ।

नेता कुईकेलले सम्बोधन गर्दै गरेको भिडियो :

आज विहान नेता कुईकेलसँगै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य, नेकपा महानगर अध्यक्ष निर्मल देउला, कामपा १ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, नेकपा नेता सौरभ दवाडी लगायतको टोलीले महानगरको बजेटमा निर्माणाधिन सममार्ग, चारढुङ्गे, ज्यापुटोल, सडक निर्माण प्रगतिको स्थलगत अनुगमनको क्रममा उपस्थित स्थानीयहरुलाई सम्बोधन गर्दै महानगरबाट भएका कामहरु सांसद थापाले गरेको भनी भ्रम सिर्जना गरेको भन्दै झुटको राजनीति नगर्न चेतावनी दिए ।

नेता कुईकेलले नगरप्रमुख शाक्यलाई साक्षी राखी महानगरपालिकाको ९ करोड बजेट मध्ये ६ करोडमा टेण्डर स्वीकार गरी ठेकेदार कम्पनीले काम गरिरहेको समेत जानकारी गराए ।

कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले आफ्नो वडामा भएका विकास निर्माणका गतिविधि बारे जानकारी गराउँदै जनताको आवश्यकता अनुसार विकास निर्माणको काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्