यसकारण जाडोमा खाइन्छ बदाम



०५ मंसिर २०७६, काठमाडौं

अधिकांश मानिस जाडो मौसममा बदाम खान निकै रुचाउने गर्दछन्। जाडो मौसममा घाममा बसेर बदाम खानुको मज्जा नै बेग्लै हुने गर्दछ।

बदाम खानु स्वादका हिसाबले जत्ति नै मीठो हुन्छ। मानव स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक मानिन्छ।

त्यसैले जान्नुहोस् जाडो मौसममा बदाम खानुको कैयौं फाईदाको बारेमाः


तौल घटाउन

बदाम खाँदा थोरै मात्राले पनि पेट भरिएको महशुस हुने भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन।

मोटो मानिसले बदाम खाँदा तौल घट्ने अनुसन्धानले देखाएको छ।

जोगाउँछ क्यान्सरबाट

सधैँ बदाम खानाले क्यान्सर जस्तो प्राणघातक रोगको खतराबाट समेत जोगाउँछ। बदाममा हुने फाईटोस्टेरोल नामक तत्वले ट्युमर समेत नियन्त्रण गर्दछ।

कोलेस्टोरलमा नियन्त्रण

बदाममा हुने अंसतृप्त फ्याटी एसिडले शरिरमा सन्तुलित कोलेस्टोरल तह कायम गर्न सहयोग गर्दछ। यसका साथै बदामको सेवनले विभिन्न प्रकारका रोगको जोखिमबाट समेत बचाउने गर्दछ।

मधुमेहबाट जोगाउँछ

बदाम हुने म्याग्नेसियमले शरिरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्ने गर्दछ। तसर्थ बदामले मधुमेहका बिरामीका लागि पनि फाइदाजनक मानिन्छ। यसले मधेमेहको समस्याबाट समेत जोगाउँछ।

डिप्रेसनका लागि उपयोगी

बदाममा पाइने ट्राईपटोफन नामक तत्व डिप्रेसनविरुद्ध लड्न सहयोग हुने भएकाले बदामको सेवन डिप्रेसन रोगीका लागि पनि उपयोगी हुन्छ। तसर्थः डिप्रेसनका बिरामीले स्ट्रेस र तनाव कम गर्न दैनिक एक मुठी बदाम खानु उत्तम हुन्छ ।

शिशु स्वस्थ बनाउन

बदाममा हुने फोलिक एसिडले शिशुलाई गर्भमा रहँदा तथा जन्म भएपछि पनि गम्भीर रोगबाट बचाउने गर्दछ। तसर्थः अधिकांश गर्भवती महिला गर्भाधारणको सुरुवातीदेखि नै बदामको सेवन गर्दछन्।

अन्य विषयमा पनि उपयोगी

बदामको नियमित सेवनले छालामा चमक ल्याउने, बुढ्यौलीपना कमी गर्न, छाला चाउरी पर्न नदिन तथा अनुहार र शरिरमा आउने दाग नियन्त्रण गर्न उपयोगी मानिन्छ।

त्यस्तै, बदाममा कपाल राम्रो बनाउने पोषणयुक्त तत्वहरु भेटिन्छन्। जसले कपाल बृद्धि गर्ने र कपाल झर्नबाट जोगाउँछ।

प्रतिक्रिया दिनुहोस्