जाडोयाममा छाला सुक्खापन हुन नदिन यसो गर्नुहोस्….



०५ मंसिर २०७६, काठमाडौं

छालामा सुक्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न नियमित मोस्चराइजरको प्रयोग गर्नु उत्तम मानिन्छ। हातमा रासायनिक औषधिको साटो प्राकृतिक वस्तु प्रयोग गर्नु राम्रो हुन्छ।

छालामा सुक्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न नियमित मोस्चराइज प्रयोग गर्नैपर्छ। हातमा रासायनिक औषधिको साटो प्राकृतिक वस्तु प्रयोग नै उत्तम मानिन्छ।

ग्लिसिरिन र गुलाबजलको मिश्रणलाई बोतलमा भरेर फ्रिजमा राख्नुहोस्। कुनै पनि काम गर्नुअघि त्यो मिश्रणलाई हातमा लगाएर मजाले मसाज गर्नुहोस्।

दूध र सुन्तलाको जुससँग मह मिसाएर पनि सुक्खा वा फुटेको छालामा लगाउन मोस्चराइचर बनाउन सकिन्छ। यसको प्रयोगले छालामा भएका पानी सोस्ने ब्याक्टेरिया हटाएर छालाको सुक्खापन कम गर्दछ।

जाडोयाममा पानीको कमीका कारण सुक्खापन आउने भएकाले दैनिक सात–आठ गिलास पानी पिउनु जरुरी हुन्छ।

हात धुन मोस्चराइजरयुक्त साबुन प्रयोग गर्नुहोस्। जसले हात सुक्खा हुन र फुट्नबाट बचाउँछ। साबुन किन्दा सधैँ ओलिभ आयल प्रयोग गरे–नगरेको ख्याल गर्नुहोस्।

हरेक बिहान तातो पानीमा दुई चम्चा मह र कागती मिसाएर खाँदा शरिर स्वस्थ हुन्छ। यसले चिसोबाट पनि बचाउँछ।

प्रतिक्रिया दिनुहोस्