प्रचण्ड बने कार्यकारी अध्यक्ष



०४ मंसिर २०७६, काठमाडौं

नेकपा सचिवालय बैठकले पार्टीको कार्यकारी जिम्मेवारी अब अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ।

सचिवालय बैठकले सरकारको जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई र पार्टी संचालनको सम्पूर्ण जिम्मेवारी प्रचण्डलाई दिएको हो।

अध्यक्षद्वयको वरीयता भने अहिलेकै हुनेछ। यो प्रतिनिधिसभाका लागि अब प्रधानमन्त्री ओली नै कायम हुने पनि नेकपाले निर्णय गरेको छ।

पार्टीको बैठक बोलाउने लगायतका पार्टी काम अब प्रचण्डले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए।

प्रतिक्रिया दिनुहोस्