कसरी स्वस्थ रहने जाडो मौसममा?



०४ मंसिर २०७६, काठमाडौं

दिन–प्रतिदिन जाडो मौसमको सुरुवात पनि भइरेहको छ। जाडो मौसममा स्वस्थ रहनु नै सबैभन्दा उपयुक्त समय हो। परिवर्तित मौसमसँगै स्वास्थ्यलाई चुस्त र दुरुस्त बनाउन खानामा केही फेरबदल गर्न जरुरी पनि हुन्छ।

स्वास्थ्य सम्बन्धि सचेत रहने व्यक्तिको लागि जाडो मौसम चुनौतीले भरिपुर्ण हुन्छ। चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरिरलाई आराम पनि पुग्छ। व्यायाम र यस्तो खानाको प्रयोग गर्दा राम्रो हुन्छ जुन कम मात्रामा खाए पनि शरिरमा उर्जा थप्ने र क्यालोरी वढाउने हुँदैन्।

जत्तिजत्ति चिसो बढ्दै जान्छ, उत्ति नै तपाईँको स्वास्थ्य सन्तुलित राख्न कठिन हुँदै जान्छ। जाडोयाममा आफुलाई कसरी स्वस्थ रहने सबैलाई चिन्ताको बिषय पनि हुनसक्छ।

त्यसैले आज हामी तचपाईँहरुलाई जाडो मौसममा आफूलाई कसरी स्वस्थ राख्ने? जुन बिषयमा जानकारी दिदैछौंः

प्रशस्ता मात्रामा झोलिलो पदार्थ खानुहोस्ः

अधिकांश मानिस जाडोयाममा पानी पिउन बिर्सन्छन्।

जाडोमा दिनभर पानी नपिउने र चिया मात्र पिउँदै हिँड्नुहुन्छ भने झन् जोखिममा पर्नुहुन्छ। त्यसैले, प्रशस्त पानी, सुप, हर्बल चिया, अदुवा चिया पिउने बानीको बिकास गर्नुहोस्।

घरभित्रै भए पनि व्यायाम गर्न नछोड्नुहोस्ः

चिसो बढ्दैछ भनेर तपाईँ कहिल्यै नआत्तिनुहोस्। मर्निङवाक जान सकिएन भने घरभित्रै बसेर पनि कम्तीमा आधा घण्टा उफ्रिनुहोस्।

त्यस्तै, टिभी वा मोबाइल हेरेर पनि योग पनि गर्न सक्नुहुन्छ। चिसोबाट बच्न पनि व्यायामको माध्यमबाट शरिरलाई तताउनु जरुरी हुन्छ।

बाहिर जानुभएको खण्डामा न्यानो लुगामा ध्यान दिनुहोस्ः

यदि घरभित्रको व्यायामले पुग्दैन, बाहिर जानु नै हुन्छ भने शरिरलाई तात्ने गरी टाउकोसम्मै न्यानो लुगाले छान्नुहोस्। जाडोमा न्यानो लुगा नलगाई हिँड्दा हाइपोथर्मिया हुन्छ भने धेरै लुगा लगाउँदा व्यायाम गर्न असहज हुन्छ।

त्यसैले बाहिर व्यायाम गर्न जानुहुन्छ भने न्यानो र सहज लुगा रोज्नुहोस्।

छालाको विशेष हेरचाह गर्नुहोस्ः

लुगा धेरै लगाउनुपर्ने, हिटरमा बस्नुपर्ने इत्यादि कारणले गर्दा छाला सुक्खा भएर जाडोमा हैरान हुन्छ। छाला सुक्खा हुने र क्य्राक हुनाले छालालार्ई मोइस्चर्ज राख्नु जरुरी छ।

छालाको सरसफाइमा पनि उत्तिकै ध्यान दिन जरुरी छ। धेरै तातोपानीले ननुहाउने, मनतातो पानीले मात्र नुहाउने गर्नुहोस्। नुहाउनासाथ तेल तथा लोसन लगाउन कहिल्यै नर्बिसिनुहोस्।

हरियो सागपातको प्रयोग गर्नुहोस्ः

खानामा हरियो सागपात, तातो दाल, वन सुप र ताजा दही खानुहोस्। हरियो सागपात र अचारले मल्टिभिटामिनको कमी पुरा गर्दछ।

रातमा स्वादिष्ट खाना खानुहोस्ः

जाडो मौसममा राति जत्ति छिटो खाना खाइन्छ त्यत्ति नै शरिरलाई फाइदा गर्दछ। तर दिउँसो खाइने खाजाभन्दा रातिको खाना हल्का हुनुपर्छ।

रातको खानामा खिचडी र सादा खानाको प्रयोग उत्तम मानिन्छ।

राति सुत्नुअघि सकेसम्म ३/४ घण्टा पहिले खाना खाईसक्नु स्वास्थ्यको लागि राम्रो हुन्छ। जसले शरिरको पाचनशक्ति बलियो बनाउँछ। तातो दुधमा अदुवा मिसाएर सुत्नुअघि खानु अझै लाभदायी मानिन्छ।

मसलेदार खानाको प्रयोगः

खानामा मिठास र स्वाद थप्न प्याज लसुन, अदुवा र धनियाँ मिसाउनु उपयोगी हुन्छ। खानामा स्वाद थप्नुसँगै यसले इम्युनिटी पावर वढाउने काम गर्दछ।

मसलाको रुपमा प्रयोग गरिने बेसारलाई विभिन्न परिकारमा थप स्वाद थप्ने विशेष चिजको रुपमा लिइन्छ। जसले खानामा स्वादको साथै रङ्ग दिने काम गर्छ।

भिटामिनको भरपुर प्रयोग गर्नुहोस्ः

खानामा भिटामिन ‘सि’ को मात्रा धेरै राखेमा चिसोबाट बच्नुका साथै रुघाखोकी लाग्नाबाट बच्न सकिन्छ। भिटामिन ‘डी’को प्रयोगले हड्डीलाई बलियो बनाउने काम गर्छ। यसका साथै भिटामिन ‘डी’ले भिटामिन ए, आइरन र क्याल्सियमको मात्रा पनि वढाउने काम गर्दछ।

प्रतिक्रिया दिनुहोस्