नेकपा अध्यक्षद्वयले भेटे राष्ट्रपति, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल



०४ मंसिर २०७६, काठमाडौं

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

बुधबार बिहान दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएपछि उनीहरु राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन्। अध्यक्षद्वय र राष्ट्रपतिबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने स्रोतले जनाएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षले राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास गएका कुराको पुष्टि गरे। दाहाल निकट स्रोतले भन्यो ‘आशा गरौं आजै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ।’

आजै दिउँसो १२ बजेका लागि बोलाइएको नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको क्रममा मन्त्रीबाट हटाइएका र नयाँ थपिएका मन्त्रीहरुको विवरण पहिला उक्त बैठकमा सार्वजनिक गरिएपछि मात्रै बाहिर सार्वजनिक गरिने बालुवाटार स्रोतले दाबी गरेको छ।

दुई अध्यक्षबीच धेरै अघि देखि नै मन्त्रिपरिषद् पुनर्गठनका बारेमा छलफल हुँदै आइरहेको थियो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्