रवीन्द्र मिश्रलाई गाडी धकेल्नुपर्ने अवस्था आएपछि…



०३ मंसिर २०७६, काठमाडौं

साझा पार्टीका संयोजक रवीन्द्र मिश्र यतिबेला आगामी १४ मंसिरमा हुने उप निर्वाचनको प्रचार प्रसारका लागि कास्कीमा छन्।

उनी कास्की २ मा हुने प्रतिनिधिसभा निर्वाचनमा साझा पार्टीकी उम्मेदवार रजनी केसीको प्रचारमा जुटेका हुन्।

यसैबीच चुनाव प्रचारका लागि साझा पार्टीले लिएर हिँडेको गाडी सोमबार बिच बाटोमै बिग्रीएर स्टार्ट बन्द भयो। त्यसपछि संयोजक मिश्र सहितका कार्यकर्ताले गाडी धकेलेर स्टार्ट गराए।

‘चुनावी अभियानमा खटिएको पार्टीको कमाण्डरले बाटैमा गाडी स्टार्ट नभए के गर्छ? शायद यस्तै केही गर्छ’ साझा पार्टीका केन्द्रीय सदस्य शरदराज पाठकले सामाजिक सञ्जाल ट्वीटरमा तस्वीर सहितको सन्देश लेखेका छन्।

तस्वीर श्रोतः साझा केन्द्रीय सदस्य पाठक

प्रतिक्रिया दिनुहोस्