अष्ट्रेलियाको सिड्नीमा धुवाँ, किन?



०३ मंसिर २०७६, काठमाडौं

अष्ट्रेलियाको शहर सिड्नी क्षेत्रलाई बाक्लो धुवाँ र जोखिमयुक्त वायु प्रदूषण फैलिएको छ।

उत्तरीतर्फबाट आएको धुवाँले शहरमा वायु प्रदूषणको मात्रा बढेको हो। बीबीसीका अनुसार न्यू साउथ वेल्सको उत्तरी क्षेत्रमा हप्तौँदेखि फैलिएको डढेलोको धुँवालाई हावाले सिड्नीसम्म पुर्‍याएपछि त्यहाँ वायु प्रदूषण बढेको हो।

उक्त डढेलोका कारण ६ जना मानिसहरूको मृत्युसमेत भइसकेको छ। शहरका केही भागहरूको वायुको गुणस्तर अष्ट्रेलियाले तोकेको न्यूनतमभन्दा ८ गुणासम्म बढेकोसमेत बीबीसीले जनाएको छ।

स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई घरभित्रै बस्न र बाहिर निस्केर शारीरिक रूपमा बल पर्ने कामहरू नगर्न सुझाव दिएको छ। न्यू साउथ वेल्सको एम्बुलेन्स सेवाले श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसहरूले थप सचेत हुनुपर्ने बताएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्