ओली सरकारको २१ महिनाको २१ असफलता सार्वजनिक गर्दै कांग्रेस



०३ मंसिर २०७६, काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको २१ महिनाको २१ असफलता सार्वजनिक गर्ने भएको छ।

मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा कांग्रेका २१ युवा नेताले सरकारको २१ असफलता सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

कांग्रेसले अहिलेको सरकार जनअपेक्षा पूरा गर्न पूर्णरुपमा असफल भएको आरोप लगाउँदै आएको छ। असफल सरकारको जनतामाझ भण्डाफोर गर्ने यस्तो कार्यक्रम ल्याएको प्रवक्ता शर्माको भनाइ छ।

आगामी १४ मंसिरमा उप निर्वाचन हुँदैछ। वर्तमान सरकारको कमजोरी औंल्याउँदै उप निर्वाचनको माहौललाई आफ्नो पक्षमा पार्ने रणनीतिका साथ कांग्रेसले भण्डाफोर कार्यक्रम गर्न लागेको हो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्